सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । बिहीवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो ।
बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै बिहीवार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीवार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Facebook Comments