सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा २ जनाको मृ*त्यु, २० जना घाइते

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident-scaled_.jpg

सुनसरी । सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । 

भोक्राहा नरसिंह गाउँपालिका–३ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेर अन्दाजी ४० वर्षीय एक जना पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ । उनीहरूको जिल्ला अस्पताल इनरुवा र ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


Facebook Comments