राष्ट्रपति भन्छन्–म शहीद हुन तयार थिएँ तर प्रधानमन्त्री नियुक्तिभन्दा पहिले संसद विघटन नगर्ने अडान छाेडिन


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफू शहीद हुन तयार भएको तर प्रधानमन्त्री नियुक्तिभन्दा पहिले संसद विघटन नगर्ने अडान नछोडेको बताएका छन् । नागरिक अगुवाहरूसँग शीतल निवासमा कुरा गर्दै राष्ट्रपतिले संसद विघटन पहिले कि प्रधानमन्त्री नियुक्ति पहिले भन्ने विषयमा गलफति हुँदा आफूले प्रधानमन्धीको नियुक्ति नभइ संसद विघटन नगर्ने अडान राखेको बताएका हुन् ।
उनले सुनाए, ‘म शहीद हुन तयार छु तर प्रधानमन्त्री नियुक्तिभन्दा पहिले प्रतिनिधि सभा विघटन गर्दिन भन्ने अडान लिएँ ।’
राष्ट्रपतिले शहीद हुन तयार रहेको अडान लिएपछि पहिले प्रधानमन्त्रीको नियुक्ति र त्यस लगत्तै उनको सिफारिसमा संदस विघटन गरिएको थियो ।
राष्ट्रपति पौडेलले तत्कालीन परिस्थितिको बाध्यताले संविधानमा तलमाथि गर्नुपरे पनि अब प्रधानमन्त्रीको नेतृत्वको सरकारले संविधानको अक्षरशः पालना गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी नागरिक समाजका अगुवाहरूले राष्ट्रपति पौडेललाई देशलाई संवैधानिक प्रक्रियाभन्दा बाहिर जान नदिन सचेत गरेका छन् ।
नागरिक अगुवाहरुले राष्ट्रपति पौडेललाई सम्पूर्ण देश चुनावमा केन्द्रित हुनुपर्ने र यसका लागि राजनीतिक दल, नागरिक समाज लगायत सबै पक्षहरूलाई समेटेर अघि बढ्नुपर्ने सुझाव समेत दिएका छन् ।
Facebook Comments