गृहमन्त्री अर्याल भन्छन्–जेनजीले गरेको सुरुवात भ्रष्टाचार विरुद्ध थियो, हिंसात्मक थिएन
‘विध्वंसात्मक क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याइने छ’


काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीले सुरु गरेको प्रदर्शन हिंसात्मक नभएर भ्रष्टाचारविरुद्ध भएको बताएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा पुगेर देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल ब्रिफिङ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।
उनले प्रदर्शनको क्रममा भएको विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरेर कानुनी दायरामा ल्याउने समेत बताएका छन् । ‘विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरी कानुनी दायरामा ल्याइने विश्वास दिलाउन चाहन्छु,’ गृहमन्त्री अर्याले भने, ‘जेनजीले गरेको सुरुवात भ्रष्टाचार विरुद्ध थियो, हिंसात्मक गर्ने थिएन ।’
छानबिन र अनुसन्धान जाँचबुझ आयोग गठन भएपछि हुने र आयोगको निष्कर्ष अन्तिम हुने अर्यालले बताए ।
देशभरका करिब ३ सय युनिटका इन्चार्जहरूलाई निर्देशन सम्बोधन गर्दै गृहमन्त्री अर्यालले प्रदर्शनमा घुसपैठ भएको बताएका छन् । उनले भने– ‘आन्दोलन कुशासन र भ्रष्टाचारको विरुद्धमा थियो तर, त्यसमा स्वार्थ पुरा गर्ने उद्देश्यले घुसपैठ भएको कुरा सामाजिक सञ्जालमा आएका भिडियो र क्रियाकलापले पुष्टि गरेको देखिन्छ ।’
Facebook Comments