प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता, के भयो कुराकानी ?

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cbbd41a9e2e.PNG

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । प्रधानमन्त्रीद्वय कार्की र मोदीबीच आज वार्ता भएको हो । 

प्रधानमन्त्री कार्कीसँग फोनवार्ता भएको प्रधानमन्त्री मोदी आफैंले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन् ।

उनले नेपालमा हालै भएको दुखद घटना ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । कुराकानीमा उनले नेपालमा शान्ति तथा स्थिरता कायम गर्न कार्कीले गरिरहेको प्रसायमा भारतको अटल समर्थन हुने प्रतिबद्धता समेत व्यक्त गरेको उल्लेख गरेका छन् ।

साथै प्रधानमन्त्री मोदीले असोज ३ गते नेपालको संविधान दिवसको अवसरमा प्रधानमन्त्री कार्कीलाई र सबै नेपाली जनतालाई शुभकामना समेत दिएका छन् ।


Facebook Comments