सैनिक सुरक्षाबाट निस्किएर भक्तपुरको गुण्डुमा सरे ओली

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp jee sr.JPG

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको ब्यारेकबाट बाहिरिएका छन् । जेनजीको आन्दोलन चर्किएपछि राजीनामा दिएर गत भदौ २४ गतेदेखि सुरक्षाका लागि नेपाली सेनाको ब्यारेकमा बसेका थिए । १० दिनपछि ओली आज दिउँसो डेरा फर्किएका हुन् । 

यसअघि निजी निवास बालकोटमा बस्दै आएका ओलीको घर आन्दोलनकारीले जलाएका छन् । अहिले उनका लागि भक्तपुरस्थित गुण्डुमा डेरा लिइएको छ । ओलीलाई गुण्डु ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् ।अहिले ओली निवासमा एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ। 
 


Facebook Comments