समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छः नेता सिंह


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार कांग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २८ औं पुण्यतिथिका अवसरमा आज आयोजित श्रद्धाञ्जलीसभामा उनले संविधानको भावना र मर्मअनुसार जनतालाई केन्द्रबिन्दुमा राख्दै गणेशमानले देखाएको बाटो नै कांग्रेसको मार्गदर्शन हुने बताए ।
“गणेशमानको विचार र आचरण आज पनि जनभावनासँग मेल खान्छ, त्यसैले कांग्रेस कार्यकर्ताले त्यही पथ पछ्याउनुपर्छ”, उनले भने ।
कांग्रेस नेता इन्द्रमान महर्जनले गणेशमान सिंहको योगदान स्मरण गर्दै भ्रष्टाचारमुक्त, लोकतान्त्रिक मूल्यमा आधारित राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पु¥याएको योगदान र बलिदानलाई सम्मान व्यक्त गर्दै उनको सालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
Facebook Comments