काठमाडौं प्रहरी प्रमुखबाट एसएसपी अधिकारी हटाइए, नयाँ प्रमुखमा रमेश थापा

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/police-parisar-ktm.jpg

काठमाडौं ।  जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपी विश्वराज अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ ।गृहमन्त्रालयले अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाएको छ ।  

जेनजी आन्दोलनमा फितलो सुरक्षा व्यवस्था गरेका कारण अधिकारी हटाइएका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई हेडक्वार्टर तानेर थापालाई परिसर पठाएको हो । काठमाडौं प्रहरी प्रमुखमा सरुवा भएका एसएसपी थापा केन्द्रीय प्रहरीको सहप्रवक्ताको जिम्मेवारीमा थिए ।

 


Facebook Comments