जेनजीले शुक्रबार माइतीघरमा प्रदर्शन गर्ने

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bea2d850e47.jpg

काठमाडौं । संविधान दिवसको अवसरमा शुक्रबार जेन जीको एउटा समूहले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । शुक्रबार बिहान ११ बजे  माइतीघर मण्डलामा जेनजीहरूले संविधानको पक्षमा प्रदर्शन गर्ने भएका हुन् ।

अब मुलुकको निकास विद्यमान संविधानबाटै खोजिनुपर्ने भन्दै प्रदर्शन गर्न लागिएको एक सदस्यले बताए । यो संविधानभन्दा बाहिर जानलाई आफूहरूले आन्दोलन नगरेको उनले बताए । साथै निर्धारित मितिमै अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउनुपर्ने उनीहरुको माग छ ।  


Facebook Comments