राजनीतिक दलहरूलाई निषेध गर्ने कुरा स्वीकार्य छैन : महासचिव पोखरेल

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cce05728bde.jpg

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बलिदानबाट स्थापित राजनीतिक दलहरूलाई निषेध गर्ने कुरा स्वीकार्य हुन नसक्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा दलहरूलाई कमजोर बनाएर अघि बढ्न नसकिने बताए ।

महासचिव पोखरेलले कुनै राजनीतिक दलको नीति मन नपरेमा नयाँ दल खोल्न सकिने तर त्यसले अहिले भएका दलहरूलाई निषेध गर्न नमिल्ने तर्क गरे ।

उनले नेतृत्वमा रहेका दलहरूले मात्र एकाधिकार प्राप्त गर्ने कुरा संविधानको मान्यता नभएको भन्दै नीतिमा प्रतिस्पर्धा नै लोकतन्त्रको विशेषता भएको जिकिर गरे ।

पोखरेलले नेकपा एमाले वा नेपाली कांग्रेसले अघि सारेको भन्दा राम्रो नीति ल्याउने अधिकारलाई संविधानले नरोकेको बताए ।


Facebook Comments