पुँजीबजार सुधारका लागि सरकारद्वारा चार सदस्यीय कार्यदल गठन

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cd14657919e.jpg

काठमाडौं । सरकारले पुँजीबजारमा देखिएका समस्याहरूको अध्ययन गरी सुधारको योजना बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार, यो कार्यदलको उद्देश्य पुँजीबजारमा देखिएका विसंगति तथा समस्याहरू पहिचान गर्नु र आम लगानीकर्ताको मनोबल बढाउनका लागि आवश्यक सुझाव र ठोस कार्यान्वयन योजना (रोडम्याप) पेस गर्नु हो ।

धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित यस कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कायममुकायम कार्यकारी निर्देशक निरन्जन भट्टराई र अर्थ मन्त्रालयका उपसचिव शरद् निरौला सदस्य सचिव रहेका छन् ।


Facebook Comments