‘जेनजी’ आन्दोलनका मागलाई सकारात्मक रूपमा लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cd1348bda4e.png

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेनजी’ आन्दोलनले उठाएका मागहरूलाई सकारात्मक रूपमा ग्रहण गर्न आग्रह गरेकी छन् ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवाहरूको जाँगर, ऊर्जा र सीपलाई समृद्धिको यात्रामा सदुपयोग गर्नुपर्नेमा जोड दिएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप संविधान जारी भएको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनका शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

साथै, भदौ २३ गते भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने युवाहरूलाई पनि उनले हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेकी छन् ।

उनले मुलुकलाई राजनीतिक अस्थिरता र अन्योलतर्फ जान नदिन राजनीतिक दलहरूले आपसी प्रतिस्पर्धालाई थाती राख्दै संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का बन्नुपर्नेमा जोड दिएकी छन् ।


Facebook Comments