विवादपछि धरान उपमहानगरको बजेट पारित, शनिबार नगरसभा बस्ने

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cd10f0c29ad.jpg

विराटनगर । विवादका कारण तोकिएको समयमा बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकामा बजेट पारित भएको छ । कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास गरेसँगै लामो समयदेखिको बजेटको अन्योल समाप्त भएको हो ।

बजेट पारित भएसँगै शनिबारका लागि नगरसभा बोलाइएको छ । यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भए पनि भदौ २३ र २४ गतेको आन्दोलनका कारण त्यो हुन सकेको थिएन ।

संविधान अनुसार असार १० गतेभित्रै नगरसभा गरेर बजेट पारित गरिसक्नुपर्नेमा ढिलाइ हुँदा धरानमा ‘बजेट होलिडे’ को अवस्था सिर्जना भएको थियो । जसका कारण कर्मचारीले साउन र भदौ महिनाको तलब पाउन सकेका थिएनन् भने नगरका आर्थिक गतिविधिहरू ठप्प भएका थिए ।

सुरुमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजार को सिलिङ पेस गरेको थियो । यसमा एमालेको असहमति हुँदाहुँदै पनि मेयर हर्क साम्पाङले अल्पमतबाटै पारित गरेको दाबी गरेका थिए ।

अन्ततः पूँजिगत खर्च २० प्रतिशतले घटाउने सहमतिपछि १ अर्ब ९८ करोड रुपैयाँको बजेट पास भएको हो ।


Facebook Comments