देउवाको गर्धनमा गम्भीर चोट, टाउको लगाइयाे १२ टाँका


काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा जानकारी गराइएको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेताहरूलाई ब्रिफिङ गर्दै देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको बताए ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकपछि पत्रकारहरूलाई देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
डाक्टरको सल्लाहअनुसार उनी अझै केही दिन सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा रहनेछन् ।
आन्दोलनकारीले देउवा निवास बुढानिलकण्ठमा कुटपिट गरेपछि उनलाई चोट लागेको थियो। प्रदर्शनकारीले उनको घरमा आगजनी पनि गरेका थिए ।
Facebook Comments