कृषि मन्त्रालयको क्षति विवरण सकंलन गर्न समिति गठन

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारभित्र रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको क्षतिको विवरण सङ्कलन गर्न एक समिति गठन गरिएको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार गठन गरिएको यस समितिमा प्रशासन र लेखा शाखाका कर्मचारीहरूलाई सदस्य राखिएको छ ।
प्रवक्ता पण्डितका अनुसार, मन्त्रालयको ४१ वटा गाडी र २९ वटा मोटरसाइकलमा आगजनीबाट क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । त्यसैगरी, मन्त्रालय परिसरमा राखिएका नौ वटा मोटरसाइकल हराएका छन् भने १० वटा स्कुटर पनि जलाइएका छन् ।
मन्त्रालयअन्तर्गत बालाजुस्थित मत्स्य विकास केन्द्रमा रहेका सरकारी सवारीसाधन पनि जलाइएका र त्यसको विवरण तयार पारेर समितिले प्रतिवेदन बुझाउने उनले बताए् ।
Facebook Comments