मन्त्री घिसिङ भन्छन्, 'अब मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ'


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, एवं शहरी विकासमन्त्री कुलमान घिसिङले अन्तरिम मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीले यस काममा ढिलाइ नगर्ने आश्वासन दिएको जानकारी गराए ।
मन्त्री घिसिङले भने, ‘सरकारले गर्नुपर्ने कामहरू अगाडि बढाइसकेको छ । अब मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ । प्रधानमन्त्रीले चाँडै गर्छु भन्नुभएको छ ।’
उनले सरकारले पुनर्निर्माण लगायतका कामहरू सुरु गरिसकेको भन्दै विभिन्न संघसंस्था र स्वयंसेवकहरूलाई पनि सरसफाइ र पुनर्निर्माण अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
Facebook Comments