एमाले नेता महेश बस्नेतले पत्रकार शाक्यलाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण
No Author Assigned | २०८२ असोज ४ गते १७:५७
काठमाडौं । एमालेका नेता महेश बस्नेतले नेप्लिज टाइम्स डटकमका सम्पादक टेकमान शाक्यलाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार शाक्यलाई नेकपा एमालेका नेता बस्नेत र उनका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको हो।
महासंघले छापिएको समाचारप्रति असहमति भए कानुनी रुपमा आफ्ना कुरा राख्न सक्ने व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन गर्न नहुने उल्लेख गरेको छ । महासंघले पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कार्बाही गर्न सम्बद्ध निकायसँग माग समेत गरेको छ ।
नेता बस्नेत र उनका सहयोगी व्यक्तिले पत्रकार शाक्यलाई समाचार छापेकै आधारमा बारम्बार धम्की दिएको महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ ।

Facebook Comments