एसिया कपः सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै


काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै छ । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ । समूह चरणको भेटमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । भारत अपराजित टिम हो । समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो ।
समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो । समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन् । आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन् ।
Facebook Comments