मन्त्री घिसिङ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cfee2372347.jpg

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपालको विकास आयोजनाहरूमा भारतीय लगानी, सहयोग र आपसी सम्बन्धबारे छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

मन्त्री घिसिङले नेपालको विकासमा भारतको सहयोगको प्रशंसा गर्दै थप सहकार्यको अपेक्षा राखेका थिए । जवाफमा राजदूत श्रीवास्तवले नेपालको विकासमा भारतको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटका क्रममा राजदूत श्रीवास्तवले मन्त्री घिसिङलाई बधाई तथा शुभकामना समेत दिएका थिए ।


Facebook Comments