अध्यादेशमार्फत मतदाता नामावली ऐन संशोधनको तयारी


काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्नका लागि ‘मतदाता नामावली ऐन’ संशोधन गर्न सरकारलाई प्रस्ताव पठाएको छ ।
आयोगको आइतबारको बैठकले गृह मन्त्रालयमार्फत उक्त प्रस्ताव पठाएको हो, जसलाई सरकारले अध्यादेशमार्फत संशोधन गर्ने सम्भावना छ । हालको ऐनमा चुनावको मिति घोषणा भएपछि मतदाता नामावली संकलन गर्न नपाउने व्यवस्था छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, १८ वर्ष उमेर पुगेका धेरै युवाहरू मतदाता नामावलीबाट छुट्न सक्ने भएकाले यो व्यवस्था संशोधन गर्न लागिएको हो ।
प्रस्तावमा आयोगले चाहेको अवस्थामा मतदाता नामावली खोल्न सक्ने प्रावधान थप्ने तयारी छ । विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानमा सहभागी गराउने विषयमा आयोगले विज्ञहरूसँग छलफल गरिरहेको छ ।
Facebook Comments