नेपालका चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cfff4ddd7cb.jpg

काठमाडौं । नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेस गर्ने भएका हुन् । 

स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हुँदैछ । प्रवेशाज्ञाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन् ।

 कुलुङ एसिया वरियताका एक नम्बर खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरकी खेलाडी हुन् । चारै जना खेलाडीले सिङ्गल लामो दूरीको ट्रेल रनमा प्रतिस्पर्धा गर्नेछन् ।

टोली व्यवस्थापक प्रिती खत्रीले अन्तरराष्ट्रिय मापदण्डअनुसार खेलाडी छनोट गरिएको बताए। जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आइटीआरए स्कोर आवश्यक थियो । 

जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन् । खत्रीले भने, “हाम्रा खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय ¥याङकिङका आधारमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।”  


Facebook Comments