मन्त्रिमण्डल विस्तारः महावीर पुनसहित ५ मन्त्रीको शपथ आज


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन् । पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।
सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।
यस्तै महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संगीता मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ आज हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Facebook Comments