शिक्षा मन्त्री बन्न लागेका महावीर पुन भन्छन्– 'बधाई दिन खादा माला लिएर नआउनु होला'


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई बधाई दिनका लागि फोन नगर्न आग्रह गरेका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुन लागेका पुनले बधाई दिनका लागि मात्र फोन नगर्न र खादा माला लिएर नआउन पनि आग्रह गरेका हुन् ।
उनले बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया भए ह्वाट्स एपमा पठाउन भनेका छन् । यस्तै पुनले आफूलाई मन्त्री नभन्न आग्रह गर्दै भन्ने मन भए कवाडी वैज्ञानिक मन्त्री भन्ने आग्रह पनि गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनसहित ५ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी थिइन् ।
Facebook Comments