नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c94ff2a6d96.jpg

काठमाडौं। अन्तरिम सरकारका नवनियुक्र मन्त्रीहरूको शपथ ग्रहण आज दिउँसो ३ बजेका लागि तय भएको छ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो ३ बजे हुने भएको हो ।

यसअघि दिउँसो २ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा.संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।

 


Facebook Comments