सञ्चारमन्त्री खरेललेको पहिलो निर्णयः ५ महिनाभित्र देशभरका प्रमुख सहरमा निःशुल्क वाईफाइ

कर्मचारीले ल्याएको पहिलो निर्णय फर्काए

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d12d0d76865.PNG

काठमाडौ। नवनियुक्त सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख सहरमा निःशुल्क वाईफाइ वितरण गर्ने निर्णय गरेका छन् ।

सोमबार पद तथा गोपनीयताको शपथ लगत्तै मन्त्रालय पुगेर पदबहाली गरेपछि मन्त्री खरेलले पहिलो निर्णयका रूपमा ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका हुन् ।

सुरुमा मन्त्रालयले तयार पारेको निर्णयमा उनले हस्ताक्षर गर्न मानेनन् । मन्त्रालयले तयार पारेको काठमाडौँ उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क वाईफाइ सेवा उपलब्ध गराउने प्रस्ताव थियो । अर्को प्रस्ताव ल्याउन खरेलले पाँच मिनेटको समय दिएका थिए ।

 


Facebook Comments