जेनजी आन्दोलनमा ज-लेकी झलनाथ पत्नी चित्रकारलाई दिल्लीको एपोलो अस्पताल लगिँदै


काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगोमा जलेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको पारिवारिक स्रोत जानकारी दिएको छ । उनलाई ज्वरो र निमोनिया देखिएको बताइएको छ । उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो ।
Facebook Comments