नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d21224771a3.jpg

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्वनगरप्रमुख तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए ।  

नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए । गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौंतर्फ जाँदा उनी दुर्घटनामा परेका हुन् । गम्भीर घाइते उनी धुलिखेल अस्पतालको सघन उपचारकक्षमा  उपचाररत थिए । तिमल्सिनाका श्रीमती र दुई छोरा छन् ।  


Facebook Comments