सुनको मूल्यमा नयाँ कीर्तिमान, चाँदी पनि हालसम्मकै उच्च


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको भाउ तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
यो मूल्य मंगलबारको २ लाख २१ हजार ७०० रुपैयाँ भन्दा १३ सय रुपैयाँ बढी हो । त्यसैगरी, आज १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९१ हजार १८५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर २ हजार ७०० रुपैयाँ पुगेको छ, जुन चाँदीको पनि हालसम्मकै उच्च मूल्य हो ।
Facebook Comments