काठमाडौं महानगरभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d3820eef483.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘उज्यालो महानगर’ योजनाअन्तर्गत सहरका विभिन्न भागमा हाइ मास्ट लाइटहरू जडान गर्ने कार्यलाई तीव्रता दिएको छ । करिब १० करोड रुपैयाँको लागतमा ६२ वटा हाइ मास्ट लाइट जडान गर्ने लक्ष्य राखिएकोमा हालसम्म १२ वटा जडान भइसकेको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, बाँकी लाइटहरू पनि दसैँअगावै जडान गरिसकिनेछ । नयाँ बसपार्कमा तीनवटा लाइट राख्ने योजनाअन्तर्गत दुईवटा जडान भइसकेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले बताए ।

यसका साथै, महानगरपालिकाले अघिल्लो कार्यकालमा जडान गरिएका तर नबलेका २ हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकल प्रणालीमा परिणत गरी पुनः सञ्चालनमा ल्याएको छ ।

करिब ८५ करोड रुपैयाँको लागतमा थप स्ट्रिट लाइट खरिद र जडानको काम अन्तिम चरणमा पुगेको प्रमुख शाहले जानकारी दिए । यो काम सम्पन्न भएपछि महानगर साँच्चिकै उज्यालो हुने उनको भनाइ छ ।


Facebook Comments