काठमाडौं–चितवन एक घण्टा द्रुतमार्ग आवश्यक छ : पूर्वमन्त्री शर्मा
मेयरसाप डेस्क
|
२०८२ असोज ७ गते ११:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले काठमाडौंबाट चितवन एक घण्टामै पुग्न सकिने गरी आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने बताएका छन् ।
उनले अहिलेको पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकले बढ्दो सवारी चाप धान्न नसक्ने, पहिरोको जोखिम र जनधनको क्षति बढ्दै गएको भन्दै यस्तो द्रुतमार्गको आवश्यकता औंल्याएका हुन् ।
‘अहिलेको सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन, हरेक वर्ष ठूलो क्षति भइरहेको छ,’ उनले भनेका छन्, ‘मैले प्रस्ताव गरेको काठमाडौं–चितवन एक घण्टाको द्रुतमार्ग निर्माण सुरु गरौँ ।’
शर्मा अर्थमन्त्री हुँदा उनले बजेटमा चन्द्रागिरि–चित्लाङ–पालुङ हुँदै चितवन जोड्ने द्रुतमार्गको योजना समावेश गरेका थिए । उनको यो योजनाले काठमाडौं–बुटवल र काठमाडौ–पोखराको यात्रा पनि छोट्याउने लक्ष्य राखेको थियो ।
तर, उनको योजना त्यसपछिका सरकारले खारेज गरेका थिए । नारायणगढ–मुग्लिन सडकमा बारम्बार पहिरो खसेर आवागमन अवरुद्ध भएको वर्तमान सन्दर्भमा शर्माले आफ्नो पुरानो योजनाको स्मरण गराएका हुन् ।
Facebook Comments