देउवा र पत्नी राणा अस्पतालबाट डिस्चार्ज हुँदै
No Author Assigned | २०८२ असोज ८ गते १२:४७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको शारीरिक दुव्र्यवहारबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् । उनीहरूको स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको सल्लाहमा डिस्चार्ज गर्न लागिएको हो ।
निजी सचिव भानु देउवाका अनुसार, बुढानीलकण्ठस्थित निवासको मर्मतसम्भार नहुँदासम्म उनीहरू सानेपा वा जावलाखेलमध्ये एक ठाउँमा बस्नेछन् । सुरक्षाका कारण देउवा दम्पतीलाई जावलाखेलको तुलनामा झम्सिखेलमा रहेको डा. राणाको माइती घर उपयुक्त हुने सुझाव पार्टी नेताहरूले दिएको स्रोतले जनाएको छ ।
प्रदर्शनका क्रममा देउवाको घाँटीमा धारिलो हतियारले चोट लागेको थियो, जहाँ आठ वटा टाँका लगाइएको थियो । यस्तै, डा. राणाको घाँटीमा पनि चोट लागेको थियो । हाल टाँका खोलिएको र स्वास्थ्यमा कुनै जटिल समस्या नरहेकाले उनीहरूलाई डिस्चार्ज दिइएको बताइएको छ ।
Facebook Comments