माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
दिउँसो १ बजेदेखि सुरू भएको बैठकमा हालको राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, र पार्टीका आन्तरिक विषयमा छलफल भइरहेको छ ।
खासगरी, हालैको जेन–जी विद्रोहपछिको राजनीतिक घटनाक्रम र अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको केन्द्रीय समिति विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्तावमाथि गहन छलफल हुने बताइएको छ ।
Facebook Comments