प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलबीच भेटवार्ता, के भयो छलफल?

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d3a863ab804.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छन् । शीतलनिवासमा भएको भेटवार्तामा देशको वर्तमान राजनीतिक अवस्था, सरकारको कामकारबाही र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लगायतका विषयमा छलफल जनाइएको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार, दुई उच्चपदस्थ व्यक्तित्वबीचको भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर कुराकानी भएको थियो ।

प्रधानमन्त्री कार्कीले सरकारले गरिरहेका महत्त्वपूर्ण कामहरू, आगामी योजना र विभिन्न क्षेत्रमा प्राप्त उपलब्धिका बारेमा राष्ट्रपतिलाई अवगत गराएकी थिइन् ।

यसका साथै, दुवै जनाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीबारे पनि छलफल गरेका थिए ।

मुलुकको आर्थिक तथा सामाजिक विकासका चुनौती र अवसरका बारेमा पनि उनीहरूबीच विचार आदानप्रदान भएको बताइएको छ ।


Facebook Comments