मधेस सरकारबाट समर्थन फिर्ता लिने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले यो निर्णय गरेको हो ।
संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार, जनमत पार्टीले नै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि कुनै व्यक्तिलाई समर्थन दिइरहनुको औचित्य नभएकोले यो निर्णय गरिएको हो ।
कांग्रेकी प्रदेश सांसद अञ्जना पण्डितले समर्थन फिर्तासँगै नयाँ सरकार गठनका लागि प्रयास थाल्ने निर्णय पनि भएको जानकारी दिइन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिने घोषणा गरेका थिए ।
तर, पछि उनी आफ्नो भनाइबाट पछि हटेपछि जनमतले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर भदौ ३१ गते नै समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री सिंह भने सदनमा विश्वासको मत लिने अडानमा छन् ।
Facebook Comments