डा. बाबुराम भट्टराईले दिए अध्यक्ष पदबाट राजीनामा


काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
आज काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका हुन् ।
बैठकले पार्टीको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । महाधिवेशनका लागि एक आयोजक कमिटी पनि गठन गरिएको छ ।
यस कमिटीको संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई दिने तयारी भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
Facebook Comments