जेन–जी आन्दोलनका क्रममा भागेका साढे ६ हजार कैदी अझै फरार


काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ६ हजार ८१३ कैदीबन्दी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
गत भदौ २४ गते देशका विभिन्न २८ वटा कारागार र ९ वटा सुधारगृहबाट गरी कुल १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए । विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, बुधबार दिउँसोसम्म ७ हजार ७३५ जनामात्रै फिर्ता भएका छन् ।
फरार हुनेमध्ये ६ हजार १९१ जना कारागारका कैदीबन्दी र ६२२ जना सुधारगृहका थिए । आन्दोलनको क्रममा कारागार तोडफोड र आगजनी गर्दै भागेका उनीहरूमध्ये केही आफैँ फिर्ता भएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
Facebook Comments