साफ यू–१७ च्याम्पियनसिप सेमिफाइनलः साबिक विजेता भारतसँग भिड्दै नेपाल

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d4acc78027c.png

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा आज (बिहीबार) सेमिफाइनल खेल हुँदैछ । श्रीलंकामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले साबिक विजेता भारतसँग भिड्दै छ । नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ । नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।

नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलंका विरुद्ध दुवै गोल समीर कुमारले गरेका थिए । भारतले सन् २०१९ देखि यताका चार संस्करण लगातार जितेको छ । नेपालले भने अहिलेसम्म चार पटक फाइनल खेलेपनि उपाधि भने जित्न सकेको छैन । 


Facebook Comments