जिल्ला समन्वय समिति अछामकी उपप्रमुख शाहीविरुद्ध अख्तियारमा उजुरी

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d4d8396d803.jpg

अछाम । जिल्ला समन्वय समिति (जिसस) अछामकी उपप्रमुख दानमती बम शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीमाथि ओहदाको दुरुपयोग, किर्ते हस्ताक्षर र गैरकानूनी रूपमा भ्रमण भत्ता लिएको आरोप छ । 

उपप्रमुख शाहीले जिल्ला समन्वय समितिका प्रमुखको किर्ते हस्ताक्षर गरी आफ्नो परिचयपत्र जारी गरेको आरोप छ । त्यस्तै, उजुरीमा  उनले आफूले पाउने दैनिक भ्रमण खर्च र समितिका सदस्यहरूको खर्च समेत जिसस प्रमुखबाट स्वीकृत नगराई आफैँ स्वीकृत गर्ने गरेको उल्लेख छ । 

यसका साथै, शाहीले जिल्लाका विभिन्न कार्यालय तथा स्थानीय तहको अनुगमन नै नगरी फर्जी कागजात पेस गरेर पदको दुरुपयोग गर्दै भ्रमण भत्ता लिएको भन्दै अख्तियारमा छानबिनका लागि उजुरी दर्ता भएको हो ।


Facebook Comments