कुहिएका नेता नफालेसम्म परिवर्तन सम्भव छैन : शिक्षामन्त्री पुन


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशमा ठूलो परिवर्तनका लागि ’कुहिएका नेताहरूलाई फाल्नुपर्ने’ बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार बनाउनका लागि सम्पूर्ण जनतालाई आह्वान गरेका हुन् ।
मन्त्री पुनले भ्रष्टाचार कम गर्ने, सुशासन दिने र नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य राखेका सबै नेपालीलाई योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जनप्रतिनिधि छान्न आग्रह गरेका छन् ।
साथै, उनले विदेशी चलखेल रोक्ने र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था ल्याउने सपना पूरा गर्न पनि युवाहरूलाई निर्वाचनमा होमिन प्रेरणा दिएका छन् ।
Facebook Comments