ओलीको प्रश्न– फरक मत राख्नेलाई काटीकाटी मा*र्ने सभ्यता कसले भित्र्यायो?

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d628b1163c1.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस स्वतन्त्रताको वकालत गर्नेहरूले नै आफूभन्दा फरक विचार राख्नेलाई ‘काटीकाटी र किच्याई किच्याई मार्नुपर्छ’ भन्ने प्रवृत्ति भित्र्याएको भन्दै प्रश्न उठाएका छन् ।

बिहीबार पार्टी निकट पत्रकारहरूसँगको भेटमा ओलीले जिम्मेवार दलहरूमाथि प्रहार केन्द्रित हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले प्रश्न गरे, ‘मेरो अपराध के? मैले भ्रष्टाचार गरिनँ, गर्दिनँ गरेको छैन, यही मेरो अपराध हो? विकासको नेतृत्व गर्नु अपराध हो?’

ओलीले आफूमाथि जेनजीले प्रहार नगरेको दाबी गर्दै युवा पुस्ताको नाममा झण्डा ओढेर सिंहदरबार जलाइएको टिप्पणी गरे । उनले जेनजीको जायज माग भए पनि त्यहाँभित्र ‘सुत्ली बम बोकेर आउने अरू तत्त्व’ हतियार बोकेर आएको दाबी गरे ।

उनले अहिले देखिएको प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधिले शान्ति खलबल्याएको भन्दै चिन्ता व्यक्त गरे । साथै, उनले भदौ २३ गतेको प्रदर्शनमा गोली चल्ने स्थिति कहाँबाट आयो र कसले गोली चलायो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।


Facebook Comments