जेन–जी आन्दोलनका क्रममा भागेका ८ हजार कैदी कारागार फर्किए


काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देशका २८ कारागार र ९ सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म ८ हजार ५४ जना मात्रै कारागार वा सुधारगृहमा फर्किएका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, फर्किएकाहरूमा ७ हजार ७१३ कारागारका कैदी र ३४१ सुधारगृहका बन्दी रहेका छन् । यीमध्ये कतिपय आफैँ फर्किए भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याएको हो ।
विभागका अनुसार, भागेकामध्ये ६ हजार ४९४ कैदीबन्दी अझै फरार छन्। फरार हुनेमा ५ हजार ८७२ कारागारबाट भागेका र ६२२ सुधारगृहबाट भागेका छन् । उनीहरूको खोजीकार्य जारी रहेको न्यौपानेले जानकारी दिए ।
यस अवधिमा भागेकामध्ये १० कैदीबन्दीको मृत्यु भएको छ । हाल देशका कारागार र सुधारगृहमा २३ हजार ४४६ जना कैदीबन्दी रहेका छन् ।
Facebook Comments