१०५ घण्टापछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d63684aa03e.jpg

चितवन । एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि यातायात सञ्चालन सहज भएको छ ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो पन्छाएपछि बिहीबार राति ११ः३५ बजेदेखि सडक दुईतर्फी रूपमा खुलेको हो ।

प्रमुख लामिछानेले तत्काल ठूलो पहिरो झर्ने अवस्था नदेखिएको र नाम्सी क्षेत्रमा अड्किएका ढुङ्गासमेत खसिसकेकाले हाल सडक सुरक्षित देखिएको बताए । 

यद्यपि, उनले पानी पर्दा हिलो र घाम लाग्दा सुक्खा पहिरो खस्ने सम्भावना रहेकाले सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निकै मेहनतका साथ काम गरेर सोचेभन्दा छिटो पहिरो हटाइएको बताए । 

उनका अनुसार, राति नै रोकिएका सबै सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ र हाल चितवन हुँदै आवतजावत गर्ने सबै सडकहरू सञ्चालनमा रहेका छन् ।


Facebook Comments