पृथ्वी राजमार्गमा देखिएको इन्धन अभाव समाधान


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोल पम्पहरूमा पहिरोका कारण देखिएको इन्धन आपूर्ति समस्या अब समाधान भएको छ ।
मुग्लिन क्षेत्रमा पहिरोले ट्यांकर पास हुन नसक्दा पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको थियो । तर, यो समस्या समाधान भइसकेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
प्रवक्ता ठाकुरले भने, “मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु ।”
Facebook Comments