विवाहित पुरुष र अविवाहित महिला कर्णाली नदीमा हाम फालेर बेपत्ता


हुम्ला । हुम्लाको चंअविवाहित खेली गाउँपालिका–४ का एक विवाहित पुरुष र एक अविवाहित महिला कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शकर पोखरेलका अनुसार, शनिबार बिहान चंखेली–४ स्थित सरिसल्ला भन्ने ठाउँबाट अन्दाजी २८/२९ वर्षीय हंश बुढा र अन्दाजी १९/२० वर्षीया कर्मा बोहोरा कर्णाली नदीमा हाम फालेका हुन् ।
उनीहरूको खोजीका लागि प्रहरी चौकी मेल्छामबाट प्रहरी टोली खटिएको डीएसपी पोखरेलले जानकारी दिए । आफन्तहरूलाई घटनाबारे खबर गरिएको र बेपत्ताहरूको खोजी कार्य अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments