हर्क साम्पाङद्वारा ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d9101f5d7c6.jpg

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगको उच्च स्रोतका अनुसार, मेयर साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ता गर्न असोज ७ गते निवेदन दर्ता गराएका हुन् । मेयर साम्पाङ आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको आयोग स्रोतले जनाएको छ ।

चालू आर्थिक वर्षमा आयोगमा परेका तीनवटा निवेदनमध्ये साम्पाङको पार्टी दर्ता निवेदनमाथि अहिले जाँचबुझ भइरहेको आयोगले जनाएको छ । आयोगले राजनीतिक दल दर्ता सम्बन्धी ऐन र नियमावलीअनुसार आवश्यक प्रमाण पुगे÷नपुगेको अध्ययन गरिरहेको छ ।

कानुनी व्यवस्थाअनुसार, निवेदन पेश भएको ४५ दिनभित्र आयोगले दल दर्ता गरिसक्नुपर्ने हुन्छ । यदि प्रमाण नपुगेमा आयोगले सुधारका लागि सम्बन्धित पक्षलाई पत्राचार गर्नेछ ।


Facebook Comments