देउवापछि दीपक खड्का दम्पतीले पनि लिए नयाँ राहदानी


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीले कूटनीतिक राहदानी लिएको खुलासा भएको केही दिनपछि कांग्रेसकै अर्का नेता तथा पूर्व ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्का दम्पतीले पनि नयाँ राहदानी लिएको खुलेको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, भदौ ३१ गते मंगलबार खड्का, उनकी पत्नी विनता थापा खड्का र नाबालक छोरा गरी तीनै जनाले नयाँ राहदानी निकालेका हुन् ।
जेनजी प्रदर्शनको समयमा खड्का दम्पतीले राहदानी निकालेको विषयलाई चासोका साथ हेरिएको छ । भदौ २४ गते प्रदर्शनकारीले खड्काको घर जलाउँदा ठूलो मात्रामा नगद र डलर समेत पोलिएकोबारे सामाजिक सञ्जालमा चर्चा भएको थियो ।
यसअघि, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले भने असोज ३ गते संविधान दिवसका दिन कूटनीतिक राहदानी लिएको खुलेको थियो ।
Facebook Comments