ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d92969eaa21.jpg

काठमाडौं । जेन–जी आन्दोलनको दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित ५ जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

छानबिनको दायरामा रहेकाले आयोगले ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई काठमाडौं उपत्यका पनि नछाड्ने व्यवस्था मिलाउन भनेको छ ।

गत भदौ २३ गते जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । आन्दोलन दमनमा उनीहरूको भूमिका हुन सक्ने र विदेश पलायन हुने जोखिमलाई ध्यानमा राख्दै आयोगले यस्तो सिफारिस गरेको हो ।


Facebook Comments