ओलीको राहदानी रोक्का गर्ने सिफारिसमा एमालेको आपत्ति


काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलन दमनको जाँचबुझ आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पाँच जनाको राहदानी रोक्का गर्न (विदेश भ्रमणमा रोक लगाउन) सरकारलाई गरेको सिफारिसप्रति गम्भीर आपत्ति जनाएको छ ।
आइतबार अध्यक्ष ओली निवास गुण्डुमा बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको यस कदमको सिफारिसप्रति पार्टीको ध्यानाकर्षण भएको र गम्भीर आपत्ति रहेको जानकारी दिए ।
उपमहासचिव ज्ञवालीले भने, “राहदानी रोक्काका लागि गरिएको सिफारिस गरिएको भनेर आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो गम्भीर आपत्ति छ ।“
आयोगले ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई उपत्यका नछाड्न र विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरेको थियो ।
एमालेले यो सिफारिस राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आशय व्यक्त गरेको छ ।
Facebook Comments