कुशे गाउँपालिकाका अध्यक्ष बस्नेतमाथि आक्र*मण प्रयास, २ युवा घाइते

User Image मेयरसाप डेस्क | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d9577a066c9.png

काँक्रेविहार । जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ ।

आज बेलुकी कुशेबाट सुर्खेत आउँदै गर्दा जाजरकोटको छेडागाड नगरपालिकाको चँखिलामा आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ । 

आक्रमणकारीबाट जोगाउन खोज्दा अध्यक्ष बस्नेतसँग रहेको दुई युवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । 

घाइते हुनेमा कुशे–४ का नवराज शाही र कुशे–७ का दीपेन्द्र सिंह रहेका छन् । धारिलो हतियार प्रयोग गरेकाले टाउको र हातमा चोट लागेको शर्माले बताए ।  


Facebook Comments