सरकार प्रतिशोधको बाटोमा अघि बढेको एमालेको निष्कर्ष

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d8f8f655cc6.jpg

भक्तपुर । नेकपा एमालेको सचिवालय बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न भएको छ ।

बैठकले वर्तमान सरकार ’राजनीतिक प्रतिशोध’ को बाटोमा अघि बढ्न खोजेको निष्कर्ष निकालेको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले राजनीतिक दलहरूसँग कुनै समन्वय नगरी निषेध गर्न खोजेको ठहर गरेको बताए ।

बैठकले जेनजी आन्दोलन दमनको जाँचबुझ आयोगको सिफारिसमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनामाथि काठमाडौँ उपत्यका छोड्न र विदेश जान नपाउने गरी सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।

एमालेले दशैँ लगत्तै असोज १९ र २० गते पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको छ । त्यसैगरी, असोज २७ देखि २९ गतेसम्म केन्द्रीय समितिको बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए ।


Facebook Comments